११ बर्षमै रणवीरमाथि भुतुक्कै थिइन् आलिया

नायिका आलिया भट्ट र नायक रणवीर कपुर यही महिना अर्थात अप्रिलमा बिहे गर्ने तयारीमा छन् । उनीहरुको बिहे आर के स्टूडियोमा गर्ने तयारी गरिएको छ । बिहेको कुनै पनि तस्वीर र भिडियो लिक गर्न नपाइने गरी पाहुनाहरुलाई संझौता समेत गरिएको छ ।

विगत केही बर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको बिहेलाई लिएर उनीहरुका फ्यान उत्साहित छन् । कपुर परिवारले बिहेको बिषयमा केही पनि जानकारी मिडियालाई दिएको छैन ।

रणवीर कपुरको जीवनमा केही नायिकाहरुको प्रवेश भयो । जसमा, नायिका दीपिका पादुकोण र कट्रिना कैफसँगको सम्बन्ध लामै समय चल्यो । तर, यी दुबै नायिकासँग रणवीरको प्रेम अगाडि बढ्न सकेन । दीपिका र कट्रिना दुबै वैवाहिक जीवनमा बाधिसकेका छन् ।

नायिका आलिया भट्टले केही वर्ष अगाडि दिएको एक अन्तरवार्तामा आफू ११ बर्षको हुँदादेखि नै रणवीर कपुर आफ्नो क्रस भएको बताएकी थिइन् । सामाजिक संजालमा उनको भिडियो भाइरल भैरहेको छ ।

आलियाले बलिउडमा डेब्यू गर्दादेखि नै रणवीरसँग बिहे गर्न चाहेको पनि उल्लेख गरेकी छिन् । रणवीरको डेब्यू फिल्म ‘सांवरीया’ हेरेदेखि नै आफू फ्यान भएको र ११ बर्षको उमेरबाटै रणवीर आफ्नो क्रस भएको आलियाले बताएकी थिइन् ।

आलियाको सपना पुरा हुदैछ । ११ बर्षको उमेरमा नै मन पराएको मान्छेलाई जीवनसाथीको रुपमा पाउँदा आलिया सबैभन्दा बढी खुशी नहुने कुरै भएन ।