आमाको सल्झनामा एम पी अर्यालले ल्याय मर्मश्पर्शी ‘आमा मेरी आमा’

नेपाली सांगीतिक धरातलमा स्व. आमाको सम्झनामा नयाँ गीत ‘आमा मेरी आमा’ सार्वजनिक छ । एम पी अर्यालको स्वर रहेको गीतमा पुस्तक प्रसादको शब्द तथा संगीतछ । उदय राज पौडेलले यसको एरेन्ज गरेका छन । म्युजिक नेपाल कम्पनीको युटुब च्यानल मार्फत यो बजारमा आयको छ ।

आमाको नाममा धेरै गीत गाइय पनि दिबङत आमाको सम्झनामा गायियको यो गीत कर्णप्रिय छ । आफ्नी आमा स्व मायादेबी अर्यालको सम्झनामा गायक एम पी अर्यालले यो गीत ल्याएका हुन् । उनको गायनमा यो पहिलो प्रयास हो । उनको आमा गीतमा विशेषगरी आमा गुमाएको पीडा गहिरो र मार्मिक रुपमा ब्याक्त गरियको छ । दिवंगत आमाहरू प्रति समर्पित यो गीतले मानिसको जीवनमा आमाको महत्व र ममता कतिको महत्व्पुर्ण छ भन्ने कुरा देखाइएको छ । आमा गुमाउने हरुलाई यो गीतले नीकै भाबुक बनाउन सक्छ ।

प्रिन्स डेनियलले नीर्देशन गरेको भिडियोमा महेन्द्र ढकाल, जयन्ती मोक्तान, इश्वरी बराल र बाल कलाकार कैराब भुषालको अभिनय देख्न सकिन्छ । संजय अधिकारीको छायांकन रहेको भिडियोलाई बिजय भुर्तले सम्पादन, कलरिंग, र मास्टरींग गरेका हुन । भिडियो नीकै मर्मस्पर्शी बनको छ ।