विल स्मिथलाई आउँदो १० वर्ष अस्कर अवार्डमा जान प्रतिबन्ध

हलिउड अभिनेता अभिनेता विल स्मिथलाई १० वर्षको लागि ओस्करमा जान प्रतिबन्ध लगाइएको छ।

केही साताअघि भएको ओस्कार समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका स्मिथलाई १० वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । अस्कर अवार्ड आयोजना गर्ने  एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेसले शुक्रबार स्मिथलाई अस्करसँगै एकेडेमीका कुनै पनि कार्यक्रममा उपस्थित नगराउने गरी प्रतिबन्धको घोषणा गरेको हो ।

प्रतिबन्ध लगाउने निर्णय स्मिथले स्टेजमै थप्पड हानेपछि एकेडेमीबाट कारबाही गरिएको हो । यो कारबाही पछि स्मिथ ओस्कर अवार्ड र एकेडेमीका अन्य कार्यक्रममा १० वर्षसम्म सहभागी हुन नपाउने भएका छन्।

अभिनेता स्मिथले चलिरहेको समारोहमा कमेडियन क्रिस रकलाई स्टेजमा चढेर थप्पड हानेका थिए । क्रिस रकले स्मिथकी श्रीमतीको कपाल तथा रोगलाई लिएर थप्पड हानेका थिए । धेरैले यो दृश्यलाई सुनियोजित हो कि भन्ने आशंका गरे पनि अवार्ड वितरण लगत्तै यो यथार्थ रहेको स्पष्ट हुन आएको थियो । यो घटनापछि विल स्मिथले क्रिस रकसँग माफीसमेत मागेका थिए। यसअघि एकेडेमीमा सदस्य रहेका विल स्मिथ आफैँले एकेडेमीबाट राजीनामा दिएका थिए ।

एकेडेमीका अध्यक्ष डेभिड रुबिन र प्रमुख कार्यकारी ड्यान हडसनले एक विज्ञप्ति जारी गर्दै स्मिथमाथि अप्रिल ८, २०२२ देखि १० बर्षको प्रतिबन्ध लगाइएको उल्लेख जानकारी गराएका छन् ।

एकेडेमीको आफूलाई प्रतिबन्ध लगाउने निर्णयको आफूले स्वागत र सम्मान गरेको विल स्मिथले प्रतिक्रिया दिएका छन् । प्रतिबन्धका कारण विल स्मिथले अर्को सालको अस्कर गुमाउनेछन् । अघिल्लो सालको विजेताले कार्यक्रममा उपस्थित भएर अवार्ड वितरण गर्ने अस्करको परम्परा छ ।

विल स्मिथले यो साल उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । आउँदो साल अर्को विजेताले स्मिथकै हातबाट यो ग्रहण गर्नुपर्ने प्रचलन छ । अस्करले यसअघि हार्भे विन्स्टन र रोमन पोलान्स्कीलाई पनि एकेडेमीका कार्यक्रममा सहभागी हुनबाट रोक्ने निर्णय गरेको थियो ।