‘केजीएफ २’ क्रेजले एक सातापछि सर्यो साहिदको ‘जर्सी’

नायक साहिद कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘जर्सी’को प्रदर्शन मिति एक साता पोष्टपोन्ड गरिएको छ । अप्रिल १४ बाट विश्व बजारमा रिलिज हुने तयारीमा रहेको यो फिल्म अब अप्रिल २२ तारिखबाट मात्र रिलिज हुने भएको छ ।

क्रिकेटको कथामा निर्माण भएको यो फिल्ममा साहिद एक क्रिकेटर पिताको भूमिकामा देखिदैछन् । यो फिल्म साउथको हिट फिल्म ‘जर्सी’को रिमेक हो । हिन्दी भाषमा समेत साउथ फिल्म ‘केजीएफ २’को क्रेज उच्च देखिएपछि साहिदको फिल्म पछि सारिएको हो ।

‘केजीएफ २’ले हिन्दी भाषमा समेत १० करोड भन्दा माथिको बुकिङ भैसकेको छ । फिल्मले पहिलो दिनमै हिन्दी भाषामा ३० करोड माथिको व्यापार गर्ने आँकलन गरिएको छ । यशको मुख्य भूमिका रहेको ‘केजीएफ २’को बुकिङ विश्व बजारमा नै आक्रामक रुपमा भैरहेको छ ।