‘जिउने आधार’ सार्वजनिक

गायक सञ्जिव पराजुलीको स्वरमा रहेको गीत ‘जिउने आधार’ भिडियो सहित सार्वजनिक गरीएको छ ।

सार्वजनिक गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, विषम आचार्यको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र एरेञ्ज छ । भिडियोमा सुनय पराजुली र विना राउत फिचर्ड छन् । सुनयको यो ‘डेब्यू’ म्युजिक भिडियो हो । भिडियोमा सुनय र विनाको प्रेमभावलाई देखाइएको छ ।

भिडियोमा दिनसन शाहको सम्पादन तथा कलर, फराज अर्पणको छायांकन तथा गणेश शाहीको निर्देशन छ । भिडियो गायक पराजुलीकै युट्युब च्यानल सञ्जीव पराजुलीबाट सार्वजनिक गरिएको हो ।