आमा बन्दै रेनशा, ‘आई एम ट्वान्टी वान’को प्रदर्शन धकेलियो

कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई आमा बन्ने भएकी छिन् । रेनशाको गर्भमा ५ महिनाका जुम्ल्याहा सन्तान हुर्किरहेका छन् । आमा बन्ने तयारी गरेपछि रेनशा घरमै आराम गरिरहेकी छिन् ।

निर्माता तथा वान सिनेमाज्का मालिक प्रज्ज्वल शमशेर जबरासँग वैवाहिक बन्धनमा बाँधिएको केही बर्षपछि रेनशा आमा बन्न लागेकी हुन् । रेनशाले आफू आमा बन्ने तयारीमा लागेकाले आफू निर्देशित फिल्म ‘आई एम ट्वान्टी वान’को प्रदर्शन केही पछि मात्र गर्ने बताएकी छिन् ।

आफू आमा बन्ने खुशीमा रहेकाले फिल्म रिलिजको तयारी गर्न नपाएको उनले बताइन् । अब, सन्तान जन्माएपछि मात्र फिल्मको बिषयमा सोच्ने उनको भनाई छ ।

रेनशाले निर्देशन गरेको दोश्रो फिल्म ‘आई एम ट्वान्टी वान’मा धिरज मगर र जसिता गुरुङको जोडीले मुख्य भूमिकामा अभिनय गरेका छन् ।