‘ए मेरो हजुर ४’ देशैभर रिलिज, सुखद ओपनिङको संकेत

‘केजीएफ २’को सुनामीकाविच रिलिज भएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले सुखद ओपनिङ गर्ने संकेत देखाएको छ । मंगलबारसम्म बुकिङमा कमजोर देखिएको यो फिल्म बुधबारबाट आक्रामक बनेको थियो । फिल्मले देशभरका हलमा पाएको शोमा दर्शकको चाप उल्लेख्य हुने देखिएको छ ।

काठमाडौंको सिभिल मल, छाया सेन्टर, ललितपुरको लाबिम मल, वीग मुभिज, वान सिनेमाजमा फिल्मको बुकिङ सुखद छ । यस्तै, काठमाडौं बाहिरका हलमा पनि फिल्मको बुकिङ गज्जब देखिएको छ । यसले, ‘केजीएफ २’को आक्रामक क्रेजले फिल्मको ओपनिङ व्यापारमा असर गरेपनि फिल्मले पाएको शोमा दर्शकको उपस्थिती बाक्लो हुने पक्का देखिन्छ ।

प्रिमियरमा फिल्मको वर्ड अफ माउथ बलियो आएकाले पनि आइतबारबाट यो फिल्मले अझै राम्रो व्यापार गर्ने संकेत देखिएको छ ।

झरना थापाको निर्देशनमा तयार भएको यो फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत मुख्य भूमिकामा छन् । अनमोल केसीले फिल्ममा आजसम्मको करिअरकै उत्कृष्ट अभिनय गरेका छन् । सुहानाले दोश्रो फिल्ममा आफूलाई झनै प्रमाणित गरेकी छिन् ।