आफ्नै फिल्मको प्रिमियरमा किन आएनन् सलोन ?

नायक सलोन बस्नेत बुधबार आयोजित फिल्म ‘ए मेरो हजुर ४’को प्रिमियरमा देखिएनन् । सलोन न त फिल्मको प्रचारमा नै देखिए । जबकी, फिल्मको पुरा अवधी सलोनको अभिनय हेर्न सकिन्छ । फिल्ममा सलोन अनमोलको साथीको रुपमा देखिएका छन् ।

सलोन बस्नेत नदेखिएपनि उनका पिता शोभित बस्नेत भने फिल्म हेर्न पुगेका थिए । सलोनलाई फिल्मीकर्मी र पत्रकारले पनि खोजेका थिए ।

सलोन बस्नेतलाई निर्माणपक्षले फिल्मको प्रचारमा कतै पनि सहभागी गराएन । जसकाकारण, उनी फिल्मको टिमसँग असन्तुष्ट बनेको वुझ्न सकिन्छ । यसैले, उनी आफ्नै फिल्मको प्रिमियरमा उपस्थित भएनन् ।

सलोन बस्नेत उपस्थित नभएको बिषयमा निर्माणपक्षले भने केही पनि बताएको छैन । तर, ‘ए मेरो हजुर’को दोश्रो सिरिजबाट नै झरना थापा र सुनिलकुमार थापालाई साथ दिदै आएका सलोन चौथो सिरिजमा आएपछि असन्तुष्ट देखिएका छन् ।