पलले कसलाई भने ‘प्लिज नभन है हुन्न’

अभिनेता पल शाह अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक युवराज मगर र गायिका टीका प्रसाईँको स्वर रहेको ‘प्लिज नभन है हुन्न’बोलको गीतको भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीले अभिनय एवं नृत्य गरेका हुन् ।

नयाँ वर्ष २०७९ को अवसर पारेर बिहीबार सार्वजनिक यस गीतमा एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत एवं उदयराज पौडेलको एरेन्ज छ ।

डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ । मोर्डनपन र मौलिकपन दुबैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।