कृष्णको सिंहदरबारमा शिल्पा र रोशन

ब्याक टु ब्याक गायनमा चम्किरहेका कृष्ण काफ्ले म्यूजिक भिडियो निर्देशक बनेका छन् । उनको निर्देशनमा रहेको गीत ‘सिंहदरबार झ्यालैमा ऐना’को भिडियो सार्वजनिक भएको छ ।

लोक शैलीमा रहेको यस गीतमा गायक काफ्ले र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । मोहन थापाको शब्द रचना रहेको यस गीतमा गायक काफ्लेले नै संगीत दिएका छन् । पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाका प्रयोग गरी नयाँ एरेन्जमा गीत तयार गरिएको छ । नरेन्द्र वियोगीले संगीत एरेन्ज गरेका छन् ।

भिडियोमा रोशन केसी र शिल्पा पोखरेलको अभिनय रहेको छ । भिडियोका छायाँकार सन्कल भुजेल हुन् भने शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ । यो भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।