के विक्की र श्रद्धा प्रेममा छन् ?

बुधबार बेलुकी काठमाडौंको बीग मुभिजमा आयोजना भएको फिल्म ‘ए मेरो हजुर ४’को प्रिमियरमा कमेडियन विक्की अग्रवाल र ‘कमेडी च्याम्पियन’की मुख्य सहायक निर्देशक श्रद्धा प्रसाँई एकसाथ पुगे । श्रद्धा र विक्कीले एकसाथ बसेरै फिल्म पनि हेरेका थिए ।

‘कमेडी च्याम्पियन’को दोश्रो सिजनका उप–विजेता विक्की अग्रवाल र यो शोकी मुख्य सहायक निर्देशक श्रद्धा प्रसाँईविच केही समयदेखि प्रेमको खबर सुनिन थालिएको छ ।

त्यसमाथि, फिल्म हेर्न एकसाथ पुग्नुले हल्लालाई बल मिलेको छ । विक्की चाडै नै आफ्नै नयाँ हाँस्य कार्यक्रम समेत लिएर आउने तयारीमा छन् । अहिले उनले ‘कमेडी क्लब विथ च्याम्पियन्स’ होस्ट पनि गर्दै आएका छन् ।

श्रद्धाको जीवनमा विक्कीको प्रवेशसँग ‘कमेडी च्याम्पियन’को टिममा समेत केही आन्तरिक विवाद भएको वुझिएको छ । नेपाली फिल्म ‘रोमीयो’बाट नायिकाको रुपमा उदाउने अभिालाषाका साथ अगाडि बढेकी श्रद्धा अन्तिममा यो फिल्मबाट बाहिरिइन् । त्यसपछि उनी विशाल भण्डारीसँग मिलेर कमेडी शोमा सक्रिय छिन् ।