५ दिनमा २ सय करोड कमाउने पहिलो फिल्म बन्यो ‘केजीएफ २’

बिहिबारदेखि रिलिज भएको साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । यो फिल्मले ५ दिनमा २ सय करोड माथिको व्यापार गर्दै नयाँ रेकर्ड राखेको हो । यसअगाडि ‘बाहुबली २’ले ५ दिनमा २ सय करोड माथिको व्यापार गरेको थियो ।
फिल्मले ४ दिनमा २ पटक ५० करोड माथिको आँकडा समेत पार गरेको छ ।

हिन्दी भाषामा यो फिल्मले बिहिबार ५३.९५ करोडको व्यापार गरेको थियो । यस्तै, शुक्रबार फिल्मले ४६.७९ करोडको व्यापार गर्यो भने शनिबार ४२.९० करोडको व्यापार गर्यो । आइतबार यो फिल्मले ५०.३५ करोडको व्यापार गर्दै नयाँ रेकर्ड राखेको हो ।

फिल्मले आज सोमबार २ सय करोडको आँकडा पार गर्ने निश्चित भएको छ । यश, रविना टण्डन, संजय दत्त लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले व्यापारिक रुपमा नयाँ रेकर्ड बनाइरहेको छ । नेपालमा पनि यो फिल्मले व्यापारिक रुपमा आक्रामक कमाई गरिरहेको छ ।