बिक्रम र सुनिताको स्वरमा ‘तिमी बिना’ सार्वजनिक

बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शिव सुबेदीको शब्द तथा संगीत रहेको छ ।

२०६५ सालमा आएको ‘घामजस्तो चम्किलो जुन हुदैन’ गीत पछि शिवका गीत प्रायः लोकप्रिय बनेका छन् । शिव सुबेदीको युट्युब च्यानलबाट आएको यस गीत ‘तिमी बिना हाँसेर हिड्न’का भिडियो निर्देशक बिनोद भण्डारी हुन् । भिडियोमा अनिल पौडेल र जुना गुरुङको अभिनय रहेको छ । गीतमा दुई वर्गका युवा-युवतीबीचको प्रेम, समाज र परिवारले गर्ने व्यवहार इत्यादिलाई समेटिएको छ ।

बाग्लुङ्ग जिल्लाको सुन्दर गाउँ निसिखोला गाउँपालिकामा छायांकन गरिएको भिडियोले गाउँघरको कथा देखाउँछ । नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । बिनोद बाजुरालीले गीतको एरेन्ज गरेका छन् ।