आलिया १२ वर्षकी हुँदा भंसालीको फिल्म सेटमा रणबीरसँग पहिलो भेट

बलिउडका अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर अप्रिल १४ मा विवाह बन्धनमा बाँधिएका थिए । यो जोडीले आफ्नो परिवार र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका हुन् । रणवीर–आलिया फिल्म ब्रह्मास्त्रमा सँगै देखिने भएका छन् । उनीहरु दुवै फिल्म निर्माता सञ्जय लीला भन्सालीको फिल्मबाट डेब्यु गर्ने तयारीमा थिए ।

सञ्जय लीला भन्साली सन् २००२ मा आफ्नो फिल्म वालिका वधुमा काम गरिरहेका थिए । यो फिल्ममा उनी रणवीरको अपोजिट आलियालाई कास्ट गर्न चाहन्थे । त्यतिबेला आलिया १२ वर्षकी र रणवीर २० वर्षको थिए । यो जोडी यही सेटमा पहिलो पटक भेटेका थिए र दुबैले फोटोसुट पनि गराए । रिपोर्टका अनुसार, जब भन्सालीले आलियालाई रणवीरको काँधमा टाउको राख्न भने, उनी खुसीले रमाइन् र सीन गर्न सकिनन् ।

२०१७ मा एक अन्तर्वार्तामा रणबीरले यो क्षण सम्झदै भने, ’धेरै मानिसहरूलाई थाहा छैन कि आलिया र म सञ्जय लीला भन्सालीको बालिका वधूबाट डेब्यु गर्न लागेका थियौं। यसका लागि हामीले फोटोसुट गरेका थियौं । त्यसबेलादेखि म आलियाको फ्यान भएँ ।

रणवीर र आलिया अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा सँगै देखिनेछन् । फिल्म सेप्टेम्बर ९ मा सिनेमाघरमा रिलिज हुनेछ । यसमा रणवीर आलियाका अलावा अमिताभ बच्चन, नागार्जुन अक्किनेनी र मौनी रोय पनि देखिनेछन् । यसबाहेक रणवीर फिल्म एनिमलमा पनि देखिनेछन् । विवाहपछि रणवीर यो फिल्मको सुटिङमा व्यस्त भएका छन् । यसै क्रममा आलिया रकी र रानीको प्रेमकथाको सुटिङमा व्यस्त छिन् ।