‘सरुँ सरुँ’ भन्दै चियाबारीमा निराजन र मिरुना

निराजन प्रधान र मिरुना मगरले पहिलो पल्ट जोडी बाँधेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन् ।

राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतलाई सुमन योञ्जनले लेखेका हुन् । युगल गीतका लागि राजनराज सिवाकोटीलाई दीपा लामाले साथ दिएकी छिन् ।

भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । निराजन म्युजिक भिडियोबाट सिनेमातिर पाइला हाल्ने मनसायमा छन् भने मिरुनाले फिल्मपछि बल्ल म्युजिक भिडियो खेल्न थालेकी हुन् । कमल राईले कोरियोग्राफी गरेको गीतमा दुवैले सुन्दर नृत्य गरेका छन् ।

गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने सम्पादन गरेका हुन् विकास दाहालले । गीत देवीथान नामको युट्यबु च्यानलबाट आएको हो । बहुचर्चित ‘फूलबुट्टे सारी’ यही च्यानलमार्फत सार्वजनिक भएको हो ।