जसरी बिहे गर्छु भन्थिन्, त्यसरी नै गरिन् केकीले

नायिका केकी अधिकारीले आफ्नो नजिकका साथीभाई र मिडियाकर्मीर्लाई भन्ने गर्थिन्–‘मेरो बिहेमा कसैलाई पनि बोलाउँदिनँ । सुटुक्क बिहे गर्छु । भोज पनि गर्दिनँ । नरिसाउनुहोला है ।’ केकी पहिलेदेखि नै सुटुक्कै बिहे गर्न चाहन्थिन् । केकीलाई लामो समयदेखि बिहेको बिषयमा मिडियाकर्मी र साथीहरुले प्रश्न सोध्ने गर्थे ।

केकीले केही दिन अगाडि मात्र आफ्ना नजिकका साथीभाइसँग, केकी नयाँ कुरा थाहा पाउनुहुनेछ । तर, नरिसाउनुहोला है भनेकी थिइन् । नभन्दै, उनले आफ्नो योजना अनुसार नै सुटुक्क बिहे गरिन् ।

केकी आज बिबाह बन्धनमा बाँधिदैछिन् । प्रेमी रोहित तिवारीसँग केकीले बिहे गर्न लागेकी हुन् । बिहेमा उनका नजिकका साथीहरुलाई पनि निम्ता गरिएको छैन । एक नायिकाले भनिन्–‘नजिकको साथी भएर पनि सायद म उनको परिवारको सदस्य भित्र परिन होला । तर, उनको सोचलाई हामीले पनि सम्मान गर्नुपर्छ ।’

केकीको करिअरमा प्रेमको खबर निक्कै कम आयो । प्रेम जीवनबाट टाढा रहँदै आएकी केकीले गोप्य रुपमा नै बिहे गरिन् । केकीलाई वैवाहिक जीवनको शुभकामना ।