जब शिवले राजेशलाई ‘बच्चा पाउन सघाउँछौं’ भने…

नायक राजेश हमाल कमेडी कुरा गर्न माहिर छन् । राजेश समय र ठाउँ हेरेर कुरा गरिदिन्छन् । यसैले, त उनीसँग हरेक वर्गका मानिसको कुरा मिल्छ । अब, बुधबार आयोजना भएको फिल्म ‘ए मेरो हजुर ४’को विशेष शोकै कुरा गरौन । यो शोमा तीन नायकहरु राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठ उपस्थित थिए । सो समयमा भुवन र शिवका सन्तान फिल्म क्षेत्रमा प्रवेश गरिसकेको तर राजेशको कहिले भन्ने प्रश्न उठ्यो ।

यही कुरामा शिवले राजेश हमालको बच्चाले पनि फिल्ममा काम गरेको हेर्न मन लागेको बताउँदै ‘बच्चा पाउन सघाउँछौ’ भने । राजेश पनि के कम ? भने–‘बच्चा पाउने काम म आफै गर्छु, मलाई यो कुरामा सघाउनु पर्दैन ।’ अन्तरवार्तामा हाँसो छुट्यो ।

शिवले फेरि भुवनसँग मिलेर राजेशको छोराको लागि कथा लेखिरहेको जहाँ तिन जना बाबु हुने बताए । राजेशले फेरि भने–‘कृपया, मलाई मात्र बाबु हुन दिनुहोस् ।’ राजेश, भुवन र शिवमा यस्ता रमाइलो चलिरह्यो । तीन नायकको बिचमा बजारमा जे जस्ता चर्चा भएपनि भेट भएपछि यी तिनै जना एक अर्कासँग समय बिताउन उत्सुक हुन्छन् ।