७ दिनमा ‘ए मेरो हजुर ४’ले कमायो ४ करोड

फिल्म ‘ए मेरो हजुर ४’ले ७ दिनमा ४ करोड १ लाखको ग्रस कलेक्श नगरेको निर्माणपक्षले बताएको छ । बिहिबार नयाँ बर्षको अवसर पारेर रिलिज भएको यो फिल्म आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । हिन्दी फिल्म ‘जर्सी’ नेपाल नआउँदाको फाइदा नेपाली फिल्मलाई पनि भएको छ ।

यो फिल्मले पहिलो दिन बिहिबार ८८ करोडको ग्रस कलेक्शन गरेको थियो । शुक्रबार ६६ लाखको ग्रस कलेक्शन गरेको फिल्मले शनिबार ८९ लाखको ग्रस कलेक्शन गर्यो । आइतबार ४५ लाख कमाएको फिल्मले सोमबार ४१ लाख, मंगलबार र बुधबारमा ३६–३६ लाखको व्यापार गर्यो । एक सातामा ४ करोडको ग्रस कलेक्शन गरेको फिल्मले दोश्रो सातामा पनि सुखद कमाई गर्ने छनक देखाएको छ । दोश्रो सातामा सुखद कमाई गरेको खण्डमा निर्माताले नाफा कमाउनेछन् ।

झरना थापाको निर्देशनमा तयार भएको यो फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ । सुनिल कुमार थापा निर्देशित यो फिल्मलाई दर्शक र फिल्मीकर्मीले रुचाएका छन् ।