सिद्धार्थ र कियाराको ब्रेकअप

बलिउड नायक सिद्धार्थ मल्होत्रा र नायिका कियारा आडवाणीको प्रेममा ब्रेक लागेको छ । यी दुइविच केही समयदेखि प्रेम सम्बन्ध थियो । तर, अब उनीहरुविच ब्रेकअप भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । लामो समयसम्म एक अर्कासँग डेट गरेपछि उनीहरु अलग भएका हुन् । यी दुइविच ब्रेकअप हुनुको कारण खुलेको छैन ।

सिद्धार्थ र कियाराको बिहेको समेत चर्चा थियो । तर, फ्यानहरुलाई निराश बनाउँदै उनीहरुबिच ब्रेकअप भएको हो । सिद्धार्थ र कियाराले एक अर्कासँग भेटघाट गर्न बन्द गरिसकेका छन् । सिद्धार्थ मल्होत्राको नायिका आलिया भट्टसँग प्रेम थियो । तर, आलियाले सिद्धार्थसँग ब्रेकअप गरेर रणवीर कपुर रोजेकी थिइन् ।