रानीको ‘मेरी आमा’मा छल्किएको गौरी र गीताको माया

गायिका रानी शाक्यले मातातिर्थ औसीको अवसर पारेर सार्वजनिक गरेको ‘मेरी आमा’ बोलको गीतमा आमा र छोरीको ममता बलियो तरिकाले देखाइएको छ ।

यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ । गीतमा आमाले सन्तानका लागि गर्ने संघर्ष र ममताको भावलाई व्यक्त गरिएको छ । भिडियोमा कलाकार गौरी मल्ल र मोडल गीता ढुंगानालाई आमा र छोरीको भूमिकामा देखाइएको छ ।

उनीहरुको बलियो अभिनयले भिडियोलाई अझै सशक्त बनाएको छ । साथमा भिडियोमा विजयराज भुर्तेल र निरिस्का स्थापितको अभिनय छ । नमराज घिरिमेको छायांकन रहेको यो गीतको भिडियोमा विजयराजको सम्पादन छ । भिडियोलाई देव धिमालले निर्देशन गरेका हुन् ।

भिडियोमा देवले आफ्नी आमाका लागि छोरीले गर्ने माया, स्याहारलाई भावुक तरिकाले प्रस्तुत गरेका छन् ।