केकीको बिहेमा रीमा रमाउँदा किन छुटिन् बेनिशा ?

नायिकात्रय केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालले एकसाथ फिल्म ‘स्वर’बाट फिल्म क्षेत्रमा डेब्यू गरे । यसपछि, यी तिन नायिकाको भाग्य आफ्नै तरिकाले अगाडि बढ्यो । रीमा र बेनिशा औषत चल्दा केकी हिट भइन् । केकी आजका दिनमा पनि व्यस्त छिन् ।

तर, यी तिन नायिकाको मित्रतामा भने ब्रेक लागेन । प्रायः यी तिन नायिकाहरु एकसाथ देखिने गर्छन् । तर, नायिका अधिकारीको बिहेमा बेनिशा भने छुटिन् । बेनिशा छुट्दै गर्दा रीमा विश्वकर्मा भने केकीको बिहेमा रमाएको तस्वीरहरु सार्वजनिक भैरहेका छन् ।

रीमा र केकीले ‘कमेडी च्याम्पियन’मा पनि सहकार्य गरिरहेका छन् । तर, यी तिनको मित्रताको लिकबाट बेनिशा छुटिसकेको आभाष भएको छ । गोप्य तरिकाले गरिएको बिहेमा आफन्त र परिवारका सदस्य मात्र उपस्थित थिए । केकीको परिवारको सदस्यमा रीमा अटाउँदा बेनिशा भने अटाउन सकिनन् ।