चर्चित स्टार किड्स सारा बलिउडमा डेब्यू गर्ने तयारी

मास्टर ब्लास्टर क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर चर्चित स्टार किड्स मध्ये एक हुन् । उनी छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् ।

२४ वर्षीय स्टार किडले एक ई-कमर्स पोर्टलको लाइफस्टाइल विज्ञापनबाट मोडलिङमा डेब्यु गरेकी हुन्। यो विज्ञापनमा उनी आफ्नो स्टनिङ लुक्समा देखिएकी थिइन् । सारासँगै उक्त विज्ञापनमा तानिया श्राफ र अभिनेत्री बनिता सन्धु पनि थिए । बनिता सन्धुले वरुण धवन स्टारर फिल्म ‘अक्टोबर’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् ।

सारा ग्ल्यामर वर्ल्डमा आफ्नो अभिनय करियरको सुरुवात चाँडै नै गर्ने भारतीय माध्यममा खबर छ । अभिनयको प्रशिक्षण लिरहेकी सारा अभिनयमा एकदमै रुचि राख्ने गरेको बताइएको छ । उनले केही ब्रान्ड इन्डोर्समेन्टमा समेत संलग्न रहेकी छिन्।

मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक व्यावसायिक मोडेल हुन् र अभिनयको सीप पनि सिकेकी छिन्।

साराले यसअघि लण्डन युनिभर्सिटीबाट मेडिकल शिक्षा अध्ययन गरेकी हुन्। यसअघि उनले धिरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढाइ गरेको थिइन् ।  सारा हालै १६ अप्रिलमा क्रिकेट क्लब अफ इन्डियाको ब्रेबोर्न स्टेडियममा देखिएकी थिइन्, जहाँ उनी मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीचको खेल हेर्न आएकी थिइन् ।

उनको डेब्युको खबर भाइरल भएको यो पहिलो पटक भने होइन । साराको बलिउडमा डेब्यूको खबर यसअघि नै आएको थियो । तर सचिनले आफ्नी छोरी अझै पढाइमा ध्यान केन्द्रित गरिरहेकी छिन् भन्दै यी हल्लाको अन्त्य गरेका थिए । सचिनले साराको फिल्म इन्डस्ट्रीमा आउने सबै खबर गलत भएको बताएका थिए ।

भारतीय क्रिकेटर शुभमन गिलसँग साराको नाम जोडिएको छ । केही समयदेखि यी दुवै एकअर्कालाई डेटमा रहेको खबर आएको थियो । यो कुरा त्यतिबेला बाहिर आएको थियो जब सारा र शुभमन दुबैले आफ्नो तस्विरमा एउटै क्याप्सन राखेका थिए ।

साराको इन्स्टाग्राममा १९ लाख भन्दा बढी फलोअरहरू छन् जसमा बलिउड अभिनेता कार्तिक आर्यन, रणवीर सिंह, सारा अली खान, आलिया भट्ट र अन्य धेरै सेलिब्रेटीहरू छन् । साराले इन्स्टाग्राममा प्रायः आफ्नो ग्लामरस तस्विर, भिडियो यहाँ शेयर गर्छिन्।