बिहेपछि घुमघाममा मस्त वर्षा, फिल्मलाई समय कहिले ?

नायिका वर्षा सिवाकोटीले सुटुक्क बिहे गरिन् । बिहे गरेपछि वर्षाले सामाजिक संजालमा बैबाहिक समारोहमा तस्वीर दैनिक शेयर गरिरहेकी छिन् । एकातिर, वर्षा बैबाहिक जीवनमा तस्वीर सार्वजनिक गर्न व्यस्त छिन् भने अर्कोतिर उनको हनिमुन लाइफ पनि चलिरहेको छ ।

वर्षा पोखराका विभिन्न रमणीय स्थानमा घुमघाम गरिरहेको देख्न सकिन्छ । वर्षा बिहेपछि घुमघाममा व्यस्त रहँदा उनी अभिनित फिल्म ‘लक्का जवान’को टिम भने देश दौडाहामा छ । यो फिल्म वैशाखको २३ गतेबाट रिलिज हुँदैछ । फिल्मको प्रचारमा वर्षा नदेखिएको बिषयमा निर्माणपक्षले उनको बिहेलाई कारण देखाएको छ । वर्षाले भने अर्को साताबाट फिल्मको प्रचारमा आफू सहभागी हुने जानकारी निर्माणपक्षलाई गराएकी छिन् ।

तर, फिल्म रिलिज भैसकेपछि नायिकाको उपस्थिती फिल्मको टिमका लागि कती अर्थपूर्ण होला खै ? शिवहरि पौड्यालको निर्देशनमा तयार भएको यो फिल्ममा किरण केसी, दिलिप रायमाझी, शिवहरि पौड्याल, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ ।