दीपकजी ! प्रकाशसँग त मिलाउनुभो, अब जितुसँग पनि हात मिलाउनुहोस्

‘६ एकान ६’बाट सुरु भएको हाँस्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको मित्रता व्यवसायीक रुपमा ‘छ माया छपक्कै’मा आएर रोकिएको छ । ६ वटा फिल्ममा एकसाथ काम गरेका दिपक र जितुले सातौ फिल्ममा एकसाथ काम गर्ने संभावना अहिलेसम्म छैन । कारण, आन्तरिक मनमुटाव र चित्त दुखाई ।

जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट ‘महानायक’ विवाद उत्पन्न भएपछि दीपाश्री निरौला बाहिरिनु पर्यो । दीपाश्री बाहिरिदा जितुले कुनै सहयोग नगरेको बरु उल्टै बाहिर निकाल्नका लागि उत्प्रेरित गरेको वुझाई दीपकको टिमको छ ।

यसैले, उनीहरुविच केही समय त बोलचाल नै भएन । अहिले सार्वजनिक कार्यक्रममा बोलचाल त हुन्छ, तर व्यवसायिक सम्बन्ध अगाडि बढ्ने संभावना कम छ ।

‘महानायक’ विवाद संचारकर्मी प्रकाश सुवेदी प्राइम टीभीमा हुँदा सुरु भएको हो । दीपाश्रीले सुवेदीसँग दिएको अन्तरवार्ताबाट सुरु भएको यो विवादले चर्को रुप लियो । यही विवादले दीपा र जितुको व्यवसायीक सम्बन्धमा पनि फाटो आयो । यसपछि त घटनाक्रम कता मोडियो मोडियो ।

तर, ‘महानायक’ विवाद झिकेका तर त्यसलाई समाधान गर्न भन्दा पनि अझै आगोमा ध्यू थपेका प्रकाश सुवेदीसँग दीपकराज गिरीले हात मिलाए । एभरेष्ट होटलमा प्रकाशले छोरीको बिहेको प्राइभेट पार्टी दिदा दीपकराज पुगे र अंकमाल गरे ।

दीपाश्रीले निम्तो आएपनि जान उचित ठानिन् । अब, यत्रो विवाद जसको कारणले निम्तियो, उनै व्यक्तिसँग दीपकले अंकमाल गरे भने जितु नेपालसँग किन व्यवसायिक सम्बन्धमा पानी बाराबार गर्ने ? फिल्म क्षेत्रमा कोही शत्रु र कोही मित्र हुँदैनन् भन्ने त दीपक, स्वस्तिमा खड्कासँग प्रकाशको अंकमालले देखाइसकेको छ ।

जितुले त ६ वटा फिल्ममा टिमको सदस्य भएर काम गरेका छन् । फिल्म हिट बनाउन दिनरात नभनी लागेका छन् । होला, उनले दीपाश्रीको बिषयमा निर्णय लिदा अडान लिन सक्नुपथ्र्यो । तर, यी सबै कुरा विर्सिएर अघिल्ला ६ फिल्ममा झै सातौ फिल्ममा पनि दीपक र जितुले हात मिलाउन सक्दैनन् ? आखिर, दर्शकले पनि यही कुराको प्रतिक्षा त गरिरहेका छन् ।