‘बेचेर सपना मैले’ गीतको भिडियोमा पुष्पको अभिनयको प्रशंसा

अभिनयमा अब्बल मानिएका नायक पुष्प खड्काले पछिल्लो समय रिलिज भएको ‘बेचेर सपना मैले’ बोलको गीतबाट चर्चा पाइरहेका छन् । यो गीतको भिडियोमा पुष्पले प्रेमिकाको वियोगमा तड्पिएको प्रेमीको भूमिकामा जिवन्त अभिनय गरेका छन् । अभिनय र डान्समा अब्बल मानिएका पुष्पको कामको तारिफ भैरहेको छ ।

थानेश्वर गौतमको स्वर, श्री भक्त पौडेलको शब्द र थानेश्वरकै संगीतमा तयार भएको गीत मर्मस्पर्शी छ । रामजी लामिछानेको निर्देशनमा तयार भएको भिडियोमा पुष्प खड्का, स्मारिका ढकाल, सुशिला थापा, कृष्ण प्रसाद रेग्मीको अभिनय छ ।

मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोलाई बन्दे प्रसादले खिचेका हुन् । यो भिडियोले टिकटकमा पनि दर्शकको साथ पाइरहेको छ । गीत सार्वजनिक भएको केही दिनमै टिकटकमा लाख भन्दा बढी टिकटक भिडियोहरु बनेका छन् ।

गीतको अडियो र पुष्पको अभिनयलाई दर्शकले रुचाएका छन् ।