बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत

Mero Film

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको साढे ७ करोडको सम्पत्ति जफत भएको छ ।

ज्याकलिनको सम्पत्ति भारत पर्वतर्न निर्देशनालाय(ईडी)ले सम्पत्ति शुद्धीकरण मुद्दामा ७ करोड २७ लाख बराबरको सम्पत्ति जफत गर्ने निर्णय गरेको हो ।

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुकेश चन्द्रशेखरसँगको सम्बन्ध बाहिरिएपछि ज्याकलिन उक्त प्रकरणमा जोडिएका थिइन् । ज्याकलिनको नाम चन्द्रशेखरविरुद्ध चलिरहेको आपराधिक क्रियाकलापसम्बन्धीको मुद्दामा आएपछि ईडी अफिसले उनलाई धेरै पटक सोधपुछ गरेको थियो ।

चन्द्रशेखरले ज्याकलिनलाई महँगा उपहार दिएका थिए । ती उपहारहरु अवैध सम्पत्ति आर्जन र मानिसहरुलाई ठगेर कमाएको पाइएको थियो । महँगा उपहारहरू ठगी गरिएको रकमबाट खर्च भएको पुष्टि भएपछि ज्याकलिनमाथि छानबिन कडा भएको थियो। यसकै कारण महिनौँदेखि सोधपुछका लागि ज्याकलिन प्रवर्तन निर्देशनालयको कार्यालय धाइरहेकी थिइन्।

ज्याकलिनले गत वर्षको अगस्ट र अक्टोबरमा ईडी अफिसलाई सुकेशचन्द्रबाट आफूलाई महँगो मूल्य पर्ने ब्याग, इयर रिंग्स, जुत्ता,ब्रेसलेटलगायतका उपहारहरु पाएको बयान दिएकी थिईन् ।

ज्याकलिनले चन्द्रशेखरबाट ९ लाख रुपैयाँ पर्ने ३ वटा पर्सियन बिरालो, ५२ लाख रूपैयाँ पर्ने एउटा अरेबियन घोडा, १५ जोडी हिराको इयररिंग्स, महँगा मूल्य पर्ने भाडावर्तन, गुचीलगायतका ब्रान्डका महँगा ब्याग तथा जिममा लगाइने पोशाक,विभिन्न ब्रान्डका जुत्ता, एउटा रोलेक्स घडी,गाडीलगायतका उपहारहरू लिएको ईडी अफिसले जनाएका छन् । ईडी अफिसले ज्याकिलनबाट उक्त रकम उनको फिक्स्ड डिपोजिट रकमबाट असुलेको बताइएको छ ।

सुकेस चन्द्रशेखरसँगै फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिविन्दर मोहन सिंहकी श्रीमती अदिति सिंह पनि अवैध सम्पत्ति आर्जन मामिलामा जोडिएकी छन् ।


Leave a Reply

Your email address will not be published.