विश्वभर १००० करोड कमाउने चौथो फिल्म बन्यो ‘केजीएफ–२’

कन्नड फिल्म केजीएफ च्याप्टर २ ले बक्स अफिसमा हरेक दिन ठूलो कमाई गरिरहेको छ । यो फिल्मलाई दर्शकले निकै रुचाएका छन् । यही कारणले गर्दा अभिनेता यश अभिनित फिल्म केजीएफ च्याप्टर २ ले कमाईका दिन प्रतिदिन नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । साउथ फिल्मलाई हिन्दी भाषी दर्शकले निकै रुचाएका छन् । चाँडै केजीएफ च्याप्टर २ ले धेरै बलिउड फिल्महरूको रेकर्ड तोड्न गइरहेको छ।

फिल्म अप्रिलको १४ गते विश्वभरका फिल्म हलहरूमा रिलिज भएको हो। यो फिल्मलाई भारतमा मात्रै नभई विदेशमा पनि निकै रुचाइएको छ । यो फिल्म बक्स अफिसमा रिलिज भएको १६ दिन भइसकेको छ ।

केजीएफ च्याप्टर २ ले १६ दिनमा पनि बक्स अफिसमा १००० करोड कलेक्सन पार गरेर नयाँ रेकर्ड बनाएको छ । यो फिल्मले फेरि एक पटक विश्वव्यापी रूपमा हजार करोड र हिन्दी भाषामा ३ सय ५० करोड जम्मा गरेर आफ्नो शक्ति देखाएको हो। यस्तो गर्ने यो चौथो भारतीय फिल्म हो ।

केजीएफ च्याप्टर २ को विश्वव्यापी कमाईको कुरा गर्दा, फिल्मले नयाँ कीर्तिमान कायम गरेको छ । केजीएफ च्याप्टर २ ले ग्लोबल बक्स अफिसमा १००० करोडभन्दा बढी कमाएको छ।  एकातिर बलिउड फिल्महरूले बक्स अफिसमा २०-३० करोड कमाउन गाह्रो भइरहेको छ। अर्कोतर्फ, साउथ सुपरस्टार यशको फिल्म केजीएफ २ ले ननस्टप कमाई गरेर सबै रेकर्ड तोडेको छ । यो यशको फिल्मले तेस्रो हप्तामा नयाँ बेन्चमार्क कायम गरेको हो ।

ट्रेड एनालिस्ट तरण आदर्शले केजीएफ २ को हिन्दी संस्करणको कमाईको आँकडा सेयर गरेका छन्। जसका अनुसार हलमा नयाँ फिल्म रिलिज भए पनि केजीएफ २ को राजतन्त्र कायमै छ । कुनै पनि ठूलो रिलिजले यो फिल्मलाई हल्लाउन सकेन।

फिल्म रनवे ३४ र हिरोपन्ति २ सँगको भिडन्तले यशको फिल्मलाई कुनै क्षति पुर्याएको छैन । बरु यशको फिल्मले यी दुबै फिल्मको कमाईमा धब्बा लगाएको छ । अचम्मको कुरा यो छ कि तेस्रो हप्तामा पनि केजीएफ च्याप्टर २ को सन्दर्भमा ठूलो ट्रेंड देखिएको छ। सप्ताहन्तमा फिल्मको कलेक्सन अझै बढ्न सक्छ । यशको फिल्मले ईदको छुट्टीको फाइदा पाउनेछ । शुक्रबारसम्मको तेस्रो हप्तामा फिल्मले भारतमा ३५३.६ करोड (हिन्दी संस्करण) कलेक्सन गरेको छ ।

योसँगै दंगल, बाहुबली २ र आरआरआरपछि १००० करोड क्लबमा प्रवेश गर्ने चौथो फिल्म बनेको छ । फिल्मको कमाईको यो गति रोकिने देखिँदैन । अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा दंगल छ । त्यस पछि कुनै पनि भारतीय फिल्म दंगललाई पछि पार्न सकेको छैन ।

च्याप्टर २ मा बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री रविना टण्डन अभिनेता यशसँगै मुख्य भूमिकामा छन्। फिल्ममा यी सबै कलाकारको अभिनयलाई दर्शकले राम्रोसँग रुचाएका छन् ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत