आरसीको ‘आमा’ सार्वजनिक

Mero Film

गायक आरसी रिमालको आमा शीर्षकको गीत सार्वजनिक भएको छ । गीतमा राजीव राना मगरको शब्द छ भने टीका बोमजनको संगीत रहेको छ । गीतमा सुष्मा लिम्बु र दीपा तामाङले कोरस स्वर दिएका छन् ।

आमाको असमायिक निधन भएपछि छोराको संघर्षपूर्ण जीवनका मार्मिक सन्दर्भलाई गीतमा समेटिएको छ । आमाको ऋणबाट मुक्त हुने छोरोको मनको बहलाई गायक रिमालले आफ्नो गायकीले सिंगारेका छन् ।

गीतको भिडियोको निर्देशन पिटर गुरुङले गरेका छन् भने मुख्य भूमिकामा आरसीका दाजु समुद्र रिमालले अभियन गरेका छन् । “पहिलो पटक अभिनय गरेको हुँ, सबैले राम्रो छ भन्नुभएको छ,” आफ्नो अभिनय अनुभव बारे समुद्रले भने ।

आमाको मुख हेर्ने दिनको एक दिनअघि शुक्रबार रिजिल गरिएको गीतले दश हजार भ्युज पाइसकेको छ । भिडियोमा मौलिक नेपाली गाउँले जीवनलाई उतारिएको छ । विगत दश वर्षदेखि संगीत क्षेत्रमा होमिएका रिमालको यसअघि अञ्जु पन्तसँगको युगल गीत ‘सिन्की अचार’ हिट भइसकेको छ ।

उनको संगीतमा प्रमोद खरेल लगायत कलाकारले गाएका छन् । औपचारिक संगीत अध्ययनपछि हाल शास्त्रीय संगीतमा व्यस्त रिसाल संगीत प्रशिक्षण बाहेक आउँदो वर्ष आफ्नै स्वर तथा संगीतमा तथा आफ्नो संगीतमा अन्य कलाकारको स्वरमा केही गीत सार्वजनिक गर्ने योजानामा छन् ।


Leave a Reply

Your email address will not be published.