‘धाकड’ गर्ल बोल्ड स्टाइलमा (फोटो फिचर)

बलिउड अभिनेत्री कंगना रनौतले फ्यानहरूलाई आफ्नो पछिल्लो फोटोशूटको झलक दिएकी छिन् । जसले सोसल मिडियामा तहल्का मच्चाएको छ। उनले इन्स्टाग्राम अकाउन्टमा फेरी एक पटक आफ्ना बोल्ड तस्विरहरु पोस्ट गरेकी छिन् । जसमा उनी निकै बोल्ड स्टाइलमा देखिएकी छिन् । तस्विरमा उनको किलर लुक हेर्न लायक छ । यी बोल्ड तस्विरले फ्यानहरुको ध्यान खिचेको छ ।

कंगनाको नयाँ फिल्म ‘धाकड’ को हालै ट्रेलर रिलिज भएको छ । ट्रेलरलाई फ्यानबाट अत्याधिक प्रतिक्रिया मिलिरहेको छ । ट्रेलरमा कंगनाको एक्सन अवतार देख्न सकिन्छ । कंगना यो फिल्ममा पहिलो पटक खतरनाक एक्सन र स्टन्ट गर्दै देखिनेछिन् ।

‘धाकड’ मे २०, २०२२ मा फिल्म हलहरुमा रिलिज हुँदैछ । यसअघि यो फिल्म ८ अप्रिलमा रिलिज हुने तय भएपनि बक्स अफिसको क्लेशका कारण फिल्म स्थगित भएको थियो । फिल्ममा कंगना एक रिसाहा जासुसको भूमिकामा देखिएकी छिन्। एक्सन थ्रिलर विधामा आधारित रहेको फिल्ममा मानव तस्करीलगायतको विषयलाई समेटिएको छ। यस फिल्ममा कंगनाका अलावा अर्जुन रामपाल र दिव्या दत्त मुख्य भूमिकामा छन् । फिल्मलाई रजनीश घईले निर्देशन गरेका हुन् ।

हेर्नुहोस नायिकाका हट तस्विरहरु…