साराको भिसा आएन, अनमोलले किन छाडे ‘हनी बनी’ ?

नायक अनमोल केसीले साइन गरिसकेको फिल्म ‘हनी बनी’ छाडेका छन् । उनले, केही दिन अगाडि नै फिल्मबाट अलग हुने निर्णय लिएका हुन् । बेलायत उड्न तयार भएको अवस्थामा फिल्मबाट अलग हुने निर्णयमा अनमोल किन पुगे होलान् त ?

मेरो फिल्मसँग कुरा गर्दै अनमोलले फिल्मको टिमसँग सहमतीमै अलग हुने निर्णय लिएको बताए । उनले भने–‘फिल्मका लागि मैले दिएको समयमा केही असुविधा हुने देखियो । नायिका सारा सिर्पालीको पनि भिसा आएन । फेरि, नयाँ नायिका राखेर वर्कशप सुरु गरेर काम गर्दा समय लम्बिने देखियो । यसैले, सहमतीमै अलग हुने निर्णय लिएको हुँ ।’

नायिका सारा सिर्पालीको भने बेलायतको भिसा आएन । सारा यसअगाडि नै बेलायत बसेर आएकी थिइन् । तर, सो समयमा उनले प्राप्त भएको भिसा अवधी भन्दा बढी बसेका कारण यसपटक उनको भिसामा समस्या आएको हो ।

दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको यो फिल्म अब के हुन्छ भन्ने दुविधा समेत उत्पन्न भएको छ । दिवाकर र फिल्मको मेकर भने अन्य कलाकार राखेर काम गर्ने तयारीमा छ । दिवाकरले यसका लागि बेलायतमा नै बसोबास गर्दै आएकी नायिका जसिता गुरुङसँग कुरा अगाडि बढाएका छन् । तर, सारा भन्दा अगाडि पनि यसको टिमले जसितासँग कुरा गरेको थियो ।

यसैले, जसिता साराले छाडेपछि फिल्ममा काम गर्न खासै इच्छुक नरहेको वुझिएको छ ।