पूजाको बर्थ डेमा विस गर्न पनि आकाशको कञ्जुस्याँई

नायिका पूजा शर्माले शनिबार धुमधामसँग आफ्नो जन्मदिन मनाइन् । उनले, परिवार, आफन्त र फ्यानसँग धुमधामसँग जन्मदिन मनाइन् । पूजालाई जन्मदिनमा उनका फ्यान, मिडियाकर्मी र म्युजिक क्षेत्रमा मानिसहरुले बढी शुभकामना दिए । फिल्म क्षेत्रमा अधिकांश कलाकारहरुले उनलाई विस गर्न कञ्जुस्याँई गरे ।

पूजाको नजिकको साथी मानिएका नायक आकाश श्रेष्ठले उनलाई शुभकामना दिन पनि आवश्यक ठानेनन् । पूजा र आकाशले ४ वटा फिल्म र दर्जनौ म्युजिक भिडियोमा काम गरेका छन् । कुनै समय पूजा र आकाश एक अर्काको प्रेममा थिए भन्ने चर्चा पनि चलेको थियो ।

तर, आकाशले सामाजिक संजाल वा फोनबाटै भएपनि पूजालाई विस गर्न पनि आवश्यक ठानेनन् । आकाशको जन्मदिनमा भने पूजाले शुभकामना दिएकी थिइन् । आकाश र पूजाको ‘संझना विर्सना’ नामक फिल्म रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा पनि उनीहरु अब कसरी एकसाथ अगाडि जान्छन् भन्ने दुविधा देखिएको छ ।

आखिर, आफ्नो मिल्ने साथीलाई विस गर्न पनि आकाशले किन कञ्जुस्याँई गरेका होलान् ? कि पूजा र आकाशको मित्रता नै सकिएको हो ?