चक्र र कविताको ‘चस्मा’ सार्वजनिक

गायक तथा संगीतकार चक्र बमको नयाँ गीत ‘चस्मा’ सार्वजनिक भएको छ ।

सार्वजनिक अस्मिता अधिकारी र समिर आचार्यले स्वर दिएका छन् । भने, गीतमा चक्रको शब्द तथा संगीत रहेको ।

पश्चिमेली भाकाको डान्सिङ बिटमा रहेको गीतमा चक्रसँगै मोडल कविता न्यौपानेले कम्मर मर्काएका छन् ।

गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियो निकै नै आकर्षक बनेको छ ।

नेपमोलेको निर्माण गरेको यस म्युजिक भिडियोमा पवन सुस्लिङको छायांकन र नविन निरौलाको सम्पादन छ ।

पछिल्लो समय पश्चिमेली र पहाडी भाकालाई नयाँ पुस्ता माँझ प्रस्तुत गरेर लोकप्रिय बनेका गायक चक्र बम यो गीतबाट निक्कै आशावादी रहेका छन् ।

गीत रिलिजसँगै निर्माण पक्षले कमेन्ट बक्समा गएर प्रतिक्रिया जनाउने २ सय दर्शकलाई सयको डाटा रिचार्ज गरिदिने व्यवस्था गरेको छ । यो सुविधा पाउन आफ्नो मोबाइल नम्बरपनि कमेन्टमा छोड्नु पर्ने हुन्छ । विदेशमा भएका दर्शकले नेपालमा रहने आफन्तको नम्बर राख्न सक्ने निर्माण पक्षले बताएको छ ।