नम्रता सापकोटासँग छैन फिल्म, विवादित बयानले कहिलेसम्म टिक्ने ?

फिल्म क्षेत्रमा टिक्न विवाद चाहिन्छ । विवादमा नआउने कलाकारको चर्चा खासै हुन्न पनि । तर, विवादले मात्र फिल्म क्षेत्रमा टिकिन्छ त ? नायिका नम्रता सापकोटाको अवस्था यस्तै छ । जती बल गरेपनि उनको अभिनय र फिल्मलाई दर्शकले रुचाएनन् । ‘छक्का पन्जा’ जस्तो हिट फिल्ममा काम गर्दा पनि उनलाई यसको सिरिजमा मेकरले पत्याएनन् । ‘समर लभ’मा चुम्बनकै दृश्य दिदा पनि दर्शकले नपत्याइदिएपछि कसको के लाग्छ र ? जती गरेपनि नलागेपछि के गर्ने त भन्ने सोच्दा सोच्दै नम्रता विवादित बयानको साहारामा लागिन् ।

उनले नेपाली फिल्ममा ‘नेपोटिज्म’ छ भनिन् । अनमोल केसी र सुहाना थापाको डाहा गरेर उनले बोलेको बयानाले हावा खायो । दर्शकले मन पराइदिएको भए नम्रतालाई यती साह्रो चिल्लाउन आवश्यक नै थिएन । तर, आफू नचल्ने अनी अरु चल्दा डाहा गरेर कहाँ हुन्छ र ?

यो आइडिया फेल खाएपछि उनी ‘बिहे नगरी बच्चा जन्माउँछु’ भन्दै फेरि चर्चामा आइन् । यसपछि, त यही कुरालाई पुष्टी गर्न उनले कुरा कती फेरिन् फेरिन् । जती गरेपनि दर्शकले र मिडियाले पत्याएनन् । लकडाउनअघि एउटा फिल्मको छायांकन भएको थियो । त्यो फिल्म पनि रोकिएको सुरु हुनै आँटेन ।

न हातमा फिल्म छ, न म्युजिक भिडियो खेलेर चलिन्छ । उनलाई जस्तो पिर फिल्म क्षेत्रमा अरु कसलाई परेको होला र ? यही समयमा उनी ओशोको ध्यान गर्न पनि पुगिन् । जे जती गरेपनि नम्रताको केही लागेको छैन । दर्शकले नपत्याएपछि र मेकरले रुची नदेखाएपछि कसैको केही नलाग्ने रहेछ ।

नम्रताले अब नयाँ विवाद के श्रृजना गर्लिन् कुन्नी ? मिडियामा चर्चा नभएको त लामै समय भयो नम्रता जी । केही सोच्ने हो कि विवादका लागि ।