अनमोलसँग नजुरेपछि साराको साहारा को बन्ला ?

नायिका सारा सिर्पालीलाई यो बर्ष लक लाग्छ कि भन्ने धेरैको अनुमान थियो । लगातार ३ वटा असफल फिल्म दिएपछि पाँचौ फिल्म उनले नायक अनमोल केसीसँग काम गर्ने पक्का भएको थियो ।

अनमोल र साराले फिल्म ‘हनी बनी’मा काम गर्ने पक्का भएको थियो । तर, यो फिल्मका लागि साराको बेलायतको भिसा नै आएन । साराको बेलायतको भिसा नआएपछि उनी फिल्ममा रहिनन् । अनमोलले पनि नायिका पक्का नभएको कारण देखाउँदै फिल्म छाडे ।

साराको ‘गुञ्जन’ नामक फिल्म रिलिजको क्रममा छ । तर, साराका लागि अनमोल केसीसँगको केमेष्ट्री करिअर नै बदल्ने अवसर थियो । किनकी, अनमोलसँग काम गर्ने नायिकाहरुले चर्चा खुबै पाउने गर्दछन् । तर, यसपटक यो अवसरबाट सारा बञ्चित बनिन् ।

अब, साराको लागि करिअरको साहारा को बन्ला त ? किनकी, उनीसँग ‘गुञ्जन’ बाहेक अन्य फिल्म हातमा छैन ।