प्रेमीसँग बर्थ डे पार्टीमा विन्दास पूजा

नायिका पूजा शर्मालाई उनका प्रेमी युद्ध बाँनियाले शनिबार राती बर्थ डे पार्टीको आयोजना गरे । फ्यान र आफन्तसँग जन्मदिन मनाएपछि पूजा क्लब फरेनहाइटमा जन्मदिन मनाउन पुगिन् । प्रेमी बाँनियाको आयोजनामा भएको बर्थ डे पार्टीमा उनका नजिकका साथीभाई र फिल्मीकर्मी उपस्थित थिए ।

पूजाले ५ पाउन्डको केक काटिन् । साथै, उनले युद्धसँग खुलेरै नृत्य पनि गरिन् । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका युद्ध र पूजा चाडै नै बिहे गर्ने तयारीमा छन् । वुझिएअनुसार, युद्ध र पूजा यो बर्षको असार महिनामा बिहेको तयारीमा छन् । पूजाको बिहे असारमा भएन भने एकैपटक माघमा पुग्नेछ । पूजा युद्धसँग चाडै नै लगनगाँठो कस्न चाहन्छिन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’को सफलताको सेलिव्रेशन गर्न नपाएकी पूजाले बर्थ डे भने धुमधामसँग सेलिव्रेशन गरिन् । उनलाई उनका फ्यानले महंगो गहना समेत उपहार दिएका थिए ।