फेरि प्रेम सम्बन्धमा साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियाबाट टाढा छिन् । पहिलो चरणको लकडाउनमा नायक भूवन केसीसँग सामाजिक संजालमा वाकयुद्ध नै परेपछि साम्राज्ञीले मिडियाबाट दुरी बनाएकी हुन् । यसपछि, साम्राज्ञीले केही समय अगाडि आयोजित एक गीत रिलिज कार्यक्रममा मिडियासँग कुराकानी नै नगर्ने अड्डी लिएकी थिइन् ।

उनै, साम्राज्ञी विगतमा जस्तो मिडियामा कमै मात्र छाएकी हुन्छिन् । आफ्नो व्यक्तिगत जीवनलाई पनि उनले खासै सार्वजनिक गरेको पाइदैन । विशेषगरि, देवांशु राणासँग ब्रेकअप भएपछि साम्राज्ञीको प्रेमको खबर मिडियामा सार्वजनिक भएको छैन । तर, साम्राज्ञी विगत केही समयदेखि अर्का एक यूवकको प्रेममा छिन् ।

श्रोतका अनुसार, साम्राज्ञीको प्रेमीको नाम चिराग क्षेत्री हो । चिराग र साम्राज्ञी डेटमा रमाइरहेका छन् । साम्राज्ञी चिरागको साथमा विभिन्न स्थानमा पुग्ने गरेकी छिन् ।

तर, साम्राज्ञीले प्रेमको खबरलाई सार्वजनिक भने गरेकी छैनन् । फिल्मको कुरा गर्दा साम्राज्ञीको ‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ प्रदर्शनको लागि तयार छन् भने ‘पेरिस टू लण्डन’ छायांकनको क्रममा छ । उनी, मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘वर एण्ड वधु’मा पनि काम गर्दैछिन् ।