भूवन कांग्रेसमा प्रवेश, जीयाको समर्थन बालेनलाई

नायक भूवन केसी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे । उनी, मंगलबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएर पार्टीमा प्रवेश गरेका हुन् । भूवनले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि बार्गेनिङ गरेको चर्चा समेत चलेको छ ।

नायक भूवन केसीले अब खुलेरै नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्ने निश्चित छ । किनकी, कांग्रेस पार्टीको प्रचारमा भूवन केसी पनि सहभागी हुनेछन् ।

तर, भूवन केसी कांग्रेस पार्टीमा प्रवेश गरेको भोलीपल्ट नायिका जीया केसीले भने काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गरेकी छिन् । उनले, हाम्रालाई भन्दा पनि राम्रालाई जिताउन आवश्यक भन्दै बालेनको समर्थनमा पोष्ट गरेकी हुन् ।

जीया र भूवन केही बर्षदेखि लिभिङ टूगेदरमा छन् । तर, भूवन कांग्रेस पार्टीमा प्रवेश गरेपनि त्यसले आफूलाई फरक नपर्ने सन्देश जीयाले दिन खोजेकी छिन् ।