फेक टिकटक एकाउन्टले राजेश हमाललाई तनाव

‘महानायक भएर पनि रातभर श्रीमतीसँग टिकटक लाइभमा बस्ने अनी गिफ्ट माग्ने, राजेश हमालले यो काम नगरेको भए हुने ।’ रातभरी राजेश हमालको टिकटक लाइभ देखेका दर्शकले यस्तै आलोचना गर्छन् । तर, यी कुराहरुबाट राजेश हमाल आफै बेखबर छन् ।

किनकी, उनको कुनै पनि टिकटक एकाउन्ट छैन । तर, उनले फेसबुक, इन्स्टाग्राममा पोष्ट गरेका भिडियोहरुलाई लाइभ भन्दै टिकटकमा राखिएको छ । जसले, उनका हजारौं फ्यानहरु झुक्किएका छन् ।

नायक राजेश हमाल यस्तो काम नगरीदिन आफ्ना फ्यानहरुलाई आग्रह गर्छन् । राजेश हमालले यस्तो कामप्रति आफ्नो आपत्ती भएको पनि बताए । उनले, आफूलाई असर पर्ने गरी यस्तो काम नगरीदिन आग्रह समेत गरेका छन् । हमालले आफूलाई टिकटकप्रति कुनै रुची नभएको पनि तर्क गरेका छन् ।

नेपालका केही कलाकारहरुको टिकटक एकाउन्ट छैन । तर, उनीहरुले अन्य माध्यममा पोष्ट गरेका भिडियोहरुलाई टिकटकमा पोष्ट गरेर केही मानिसहरुले दर्शक झुक्याइरहेका छन् ।