पुष्प, सुधिर, उषा र प्रियनाको ‘स्त्री जातैले’

गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार उपाध्यायले वल्र्ड रेकर्डमा विभिन्न कृतीको माध्यमबाट नाम लेखाइसकेका छन् । प्रताप दास र रचना रिमालको स्वरमा समावेश यो गीतमा बाबुल गिरीको संगीत छ । बाबुलले यो गीतलाई डान्सिङ बिटमा तयार पारेका छन् ।

गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको डान्स हेर्न सकिन्छ । दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका २ पुरुषले स्त्री जातैले मन विगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ ।

माइकल चन्दले भिडियोलाई आकर्षक बनाएका छन् । भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।