फ्राइडे रिलिजमा ‘लक्का जवान र षट्कोण’

आज शुक्रबारदेखि २ नेपाली फिल्म रिलिज भएका छन् । शिवहरि पौड्यालको निर्देशनमा तयार भएको फिल्म ‘लक्का जवान’ र मिलन डी काप्रीको निर्देशनमा तयार भएको फिल्म ‘षट्कोण’ आजबाट रिलिजमा आएको हो ।

फिल्म ‘लक्का जवान’ कमेडी जनरामा निर्माण भएको छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिलिप रायमाझी, शिवहरि पौड्याल, राजाराम पौडेल, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ ।

कमेडी जनराको यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । ध्रुव वन्तको लगानीमा तयार भएको फिल्मले दर्शकलाई पूर्ण रुपमा कमेडी प्रदान गर्ने निर्माणपक्षको दाबी छ ।

यस्तै, रहस्यमयी हत्याको खोजीमा लागेको एक पत्रकारको कथामा निर्माण भएको फिल्म ‘षट्कोण’ पनि आजबाट रिलिजमा आएको छ । फिल्ममा कार्म मुख्य भूमिकामा देखिएका छन् । दुबै फिल्मले मल्टिप्लेक्समा औषत शोज पाएका छन् ।