बैबाहिक जीवनमा बाँधिए स्वप्न सुमन र ज्योत्सना

फिल्म ‘म त तिम्रै हुँ’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेर पनि खासै सफलता नपाएकी कलाकार ज्योत्सना योगी बैबाहिक जीवनमा बाँधिएकी छिन् । ज्योत्सनाले गायक स्वप्न सुमनसँग बिबाह गरेकी हुन् ।

नायिका योगीले सामाजिक संजालमा तस्वीर शेयर गर्दै आफूहरु नयाँ जीवन सुरु गर्न तयार भएको उल्लेख गरेकी छिन् । उनीहरु केही बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

तर, यी दुइले प्रेम सम्बन्धलाई स्विकार भने गरेका थिएनन् । तर, बैबाहिक जीवनको तस्वीर शेयर गरेसँगै उनीहरुको फ्यान अचम्ममा परेका छन् । उनीहरुले नयाँ जीवन सुरु गरेको भन्दै सबैको माया र आर्शिवादको खाँचो रहेको उल्लेख गरेका छन् ।