इन्स्टाग्राममा अदितीका २० लाख फलोअर्स

नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा २० लाख फलोअर्स प्राप्त गर्ने पहिलो नेपाली नायिका बनेकी छिन् । अदितीको फलोअर्स २० लाख पुगेसँगै उनको सामाजिक संजालको क्रेज पनि पुष्टी भएको छ ।

नेपाली फिल्म ‘कृ’बाट रजतपटमा उदाएकी अदितीले प्राप्त गरेको सामाजिक संजालको यो सफलता प्राप्त गर्न अन्य नेपाली नायिकाहरुलाई लामै समय लाग्ने देखिएको छ ।

अदिती नेपाल र मुम्बईमा बढी चर्चित छिन् । उनका नेपालका सँगै विदेशका फ्यानहरु पनि प्रशस्त छन् । यसैले, पनि उनले यो सफलता प्राप्त गरेकी हुन् ।

फिल्मको कुरा गर्नुपर्दा उनले ‘कृ’बाट नेपाली फिल्म क्षेत्रमा पाइला राखेकी हुन् । उनको दोश्रो फिल्म ‘बाबरी’ भदौको ३१ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा उनले धिरज मगरसँग रोमान्स गरेकी छिन् ।

सामाजिक संजालमा अदितीले आफ्ना हट फोटोहरु बढी अपडेट गर्ने गरेकी छिन् । साथै, विभिन्न प्रोडक्टको विज्ञापन, भिडियो र फोटोसुट अदितीको इन्स्टाग्राममा दैनिक अपलोड भएको पाइन्छ ।