फिल्म क्षेत्रमा पुरानै स्थान खोज्दै प्रियंका

नायिका प्रियंका कार्कीले फिल्म ‘लक्क जवान’का लागि मज्जाले समय दिइन् । यसअगाडि रिलिज भएका उनी अभिनित २ फिल्ममा उनले समय नदिएको भन्दै आलोचना भएको थियो । तर, यसपटक भने प्रियंका मिडिया अन्तरवार्तादेखि फिल्म रिलिज भएपछि हलमा समेत पुगेकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा केही बर्ष अगाडिसम्म एक छत्र राज गरेकी यी नायिका फेरि पुरानै स्थान खोज्दैछिन् । बिहे गरेपछि मिडियादेखि फिल्म क्षेत्रदेखि नै टाढा जस्तै भएकी प्रियंका फेरि नजिक हुँदैछिन् । उनलाई एउटा बलियो फिल्मको खोजी छ ।

उनकी आमा पनि प्रियंका कुनै बेलाको नम्बर १ नायिका भएकाले उनले यो क्षेत्रलाई नै निरन्तरता दिनुपर्ने बताउँछिन् । सायद, नायिका कार्कीले पनि यो कुरा वुझेको हुनुपर्छ । यसैले, उनी पनि दर्शकसँग फेरि नजिक हुन खोजिरहेकी छिन् ।

थोरै फिल्म हिट दिएपनि प्रियंका भने सधै हिट नै रहिन् । तर, निरन्तर फिल्म असफल भएपछि उनले नयाँ जीवनको सुरुवात गरिन् ।