अमेरिकामै बसोबास गर्ने वर्षाको संकेत

नेपाली फिल्मकी नायिका वर्षा सिवाकोटीले केही दिन अगाडि बिहे गरिन् । अमेरिकामा रहँदै आएका आशिष गेलालसँग सुटुक्क बिहे गरेकी वर्षा अहिले भने फिल्म ‘लक्का जवान’को लागि दौडधुप गरिरहेकी छिन् । यो फिल्मले ओपनिङ सुखद नगरेपनि वर्षाका लागि खासै असर परेको छैन ।

अमेरिकामा बस्नुहुन्छ कि नेपाल भन्ने एक फ्यानको प्रश्नमा वर्षाले श्रीमान् जता बस्नुहुन्छ, म पनि त्यतै बस्छु भनेर जवाफ दिएकी छिन् । वर्षाका श्रीमान् लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकाले पनि वर्षा अब विस्तारै अमेरिकातिर नै जाने तयारीमा रहेको वुझ्न सकिन्छ ।

नेपालमा बाँकी रहेका आफ्ना कामहरु सकेर वर्षा अमेरिकातिर नै गएर बस्ने सोचमा छिन् । उनको ‘मनसँग मन, ए साथी सुन, परदेशी २’ लगायतका फिल्म रिलिजको तयारीमा छन् ।

वर्षाले नेपाली फिल्म क्षेत्रमा बलियो सफलता पाइनन् । उनी, वैकल्पि नायिकाको रुपमा सधै नै रहेको देखिन्छ । यसैले पनि वर्षाले बिस्तारै अब जीवनलाई नयाँ यात्रामा मोड्ने सोच बनाएको हुनुपर्छ ।