राजेश हमालसँगको भेटमा सुरविनाले के सिकिन् ?

नेपाली फिल्मका सफल नायक राजेश हमालसँग भेटेर आफूले केही कुरा सिक्न पाएको नायिका सुरविना कार्कीले उल्लेख गरेकी छिन् ।

सामाजिक संजालमा राजेशसँगको भेटको तस्वीर पोष्ट गर्दै सुरविनाले हमालसँग भेट्दा सधै नै आफूले केही न केही कुरा महशुश गरेर फर्किने गरेको लेखेकी छिन् ।

उनले, राजेश हमालसँग आफूले मानिसले पढ्नै पर्ने पुस्तक कुन होला भनेर सोधेको बताएकी छिन् । जसमा हमालले उनलाई पहिले आफूले आफूलाई नै पढ्नुपर्ने बताएका थिए ।

सुरविनाले हमालको कुरा सुनेपछि आफूले आफूलाई नै पढ्न नसकेको पनि लेखेकी छिन् । नेपाली फिल्म क्षेत्रमा केही फिल्ममा काम गरेपनि सुरविनाले अपेक्षित सफलता पाउन सकेकी छैनन् ।

सुरविनाको हातमा केही म्युजिक भिडियो भएपनि फिल्मको अभाव छ । राजेश हमालसँगको भेटले सुरविनाको जीवनमा केही परिवर्तन ल्याउला कि ?