आकाश–पूजाको ‘संझना विर्सना’को किन छैन चर्चा ?

नायिका पूजा शर्माले अभिनय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चा खुबै भयो । रिलिजको एक महिना अगाडिबाट नै पूजाले यो फिल्मको चर्चा उचाईमा पुर्याएकी थिइन् । तर, यो फिल्म रिलिज भएको ३ महिनापछि रिलिज हुन लागेको पूजा अभिनित अर्को चलचित्र ‘संझना विर्सना’को चर्चा शुन्य छ ।

आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको यो फिल्मको गीत रिलिजसम्म यी दुई कलाकार एकसाथ देखिएका थिए । तर, यसपछि भने फिल्मको चर्चालाई अगाडि बढाउन यसको निर्माणपक्षले पनि सकेको छैन ।

कतिपयले यो कुरामा आकाश र पूजाको झगडाको फ्याक्टरले काम गरेको विश्लेषण गर्छन् । जेठको ६ गतेबाट रिलिज हुने फिल्म दर्शकमाझ आउन २ साता मात्र बाँकी छ ।

चुनावका कारण यो साता फिल्मको प्रचारमा असर पर्नेछ । चुनावपछि पनि यसको निर्माणपक्षले प्रचारको बेग बढाउन सके भने बक्स अफिसमा फिल्मलाई घाटा पर्नेछ ।

लभ स्टोरी कथामा निर्माण भएको यो फिल्म चलेको खण्डमा पूजालाई भन्दा बढी आकाशलाई फाइदा हुनेछ । किनकी, पूजाले त ‘म यस्तो गीत गाउँछु २’ चलाएर आफ्नो स्टारडम पुष्टी गरिसकेकी छिन् ।

आकाश भने लामो समयदेखि हिट फिल्मको खोजीमा छन् । यसपटक पूजाको साथले पनि उनलाई फाइदा भएन भने उनको करिअरमा नै समस्या पर्ने पक्का छ ।