‘बाहुबली’को झल्को दिने अक्षय र मानुषीको ‘पृथ्वीराज’को ट्रेलर रिलिज

साउथ फिल्म उद्योगले ‘बाहुबली, आरआरआर, केजीएफ २’ जस्ता फिल्म बनाएपछि बलिउड दबाबमा छ । अब, बलिउडमा उच्च मेकिङ भएका फिल्महरुको खोजी हुन थालेको छ । यसैले, बलिउडका मेकरहरु पनि उच्च मेकिङका फिल्म बनाउन लालयित देखिएका छन् ।

जुनको ३ तारिखबाट रिलिज हुन लागेको बलिउड फिल्म ‘पृथ्वीराज’ले उच्च मेकिङको झल्को दिएको छ । नायक अक्षय कुमार शिर्ष भूमिकामा रहेको फिल्ममा मानुषी छिल्लर नायिकाको रुपमा छिन् ।

डाक्टर चन्द्रप्रकाश द्धिवेदीको निर्देशनमा तयार भएको यो फिल्मलाई यशराज ब्यानरले निर्माण गरेको हो । आदित्य चोपडा निर्देशित फिल्ममा संजय दत्त, सोनु सुदको पनि मुख्य भूमिका छ । यो फिल्मको ट्रेलर हेर्दा साउथ फिल्म ‘बाहुबली’को झल्को दिन्छ ।