‘२ नम्बरी’को छायांकन सकियो

फिल्म ‘२ नम्बरी’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । क्यामेरा अन भएको २६ दिनमा फिल्मको छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी दिए ।

एक गीतसहित सम्पूर्ण दृश्यको छायांकन २६ दिनमा सकिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् । कास्कीको ल्वाङ गाउँमा नै यो फिल्मको सम्पूर्ण छायांकन गरिएको छ ।

यो फिल्मले २ जना मिल्ने साथीको कथालाई भन्नेछ । फिल्मलाई कात्तिकको ४ गतेबाट रिलिज गर्ने तयारी समेत गरिएको छ ।

यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेनको मुख्य भूमिका छ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको फिल्मका निर्माता दिपक मनाङ्गे हुन् ।