७५ मत गन्दा बालेन अगाडि

काठमाडौं महानगरपालिकाको प्रारम्भीक मतगठनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

र्यापर शाहले महानगरको मेयर पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनको क्रेज यो चुनावमा निक्कै देखिएकाले पनि उनलाई लिएर आम मानिसमा चासो छ ।

बालेनले सुरुवाती मतगणनामा २२ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार श्रृजना सिंहले पछ्याएकी छिन् । उनले १८ मत ल्याएकी छिन् । नेकपा एमालेका केशव स्थापित तेश्रो स्थानमा छन् । अहिले वडा नम्बर १ र ३२ को मत गणना भैरहेको छ । यी दुबै वडामा यसअघिको निर्वाचनमा एमाले विजयी भएको थियो ।