बालेनको अग्रतापछि दीपकराज गिरीको ठूला दललाई कटाक्ष

सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्मको अवस्था हेर्दा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार श्रृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।

बालेनले अग्रता लिएपछि सामाजिक संजालमा विभिन्न खालका तर्कहरु समेत प्रस्तुत भैरहेका छन् । यसैविच, हाँस्य कलाकार दीपकराज गिरीले सामाजिक संजालबाट ठूला दलमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन्–‘प्रारम्भिक मतपरिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेन शाहलाई हराउन सक्ने रहेछन् ।’

दीपकले घुमाउरो तरिकाले बालेनले निर्वाचन जित्ने आँकलन समेत गरिदिएका छन् ।